Logo

दक्षिण कोरियाद्वारा नेपाली श्रमिकको प्रवेशमा रोक



Spread the love

काठमाडौं । दक्षिण कोरियाले नेपाली श्रमिकको प्रवेशमा रोक लगाएको छ ।नेपालमा लकडाउन भएकै अवस्थामा केही श्रमिक कोरिया गए पनि अहिले कोरियाले नेपालीको प्रवेशमा रोक लगाएको हो ।

नेपालमा महामारी बढेकाले दक्षिण कोरियाले इपीएस अन्तर्गत कमिटेड श्रमिकका साथै अन्य कामदारको प्रवेशमा तत्काललाई रोक लगाएको कोरियामा रहेको नेपाली दूतावासले जनाएको छ ।

तर महामारीको अवस्थालाई मध्यनजर गर्दै फेरि अर्को निर्णय गर्ने कोरियाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्