Logo

नेपाली श्रमिकको प्रवेशमा दक्षिण कोरियाद्वारा रोक



Spread the love

८ असोज, काठमाडाै – नेपाली श्रमिकको प्रवेशमा दक्षिण कोरियाले रोक लगाएको छ । कोरोना महामारीका कारण कोरियाले केही समयका लागि नेपाली श्रमिकको प्रवेशमा रोक लगाएको हो ।

नेपालमा कोरोना महामारी बढेकाले दक्षिण कोरियाले इपीएस अन्तर्गत कमिटेड श्रमिकका साथै अन्य कामदारको प्रवेशमा तत्काललाई रोक लगाएको त्यहाँ स्थित नेपाली राजदूतावासले उल्लेख गरेको छ ।

अब नेपाली प्रवेश गर्नेबारे कोरोना भाइरसको स्थितिको अध्ययन गरेर अर्को निर्णय गरिने पनि बताइएको छ।

कोरीयामा नेपाली प्रवेशमा रोक लगाइता पनि त्यहाँ रहेका नेपाली भने फिर्ता हुन सक्नेछन् । कोरियाबाट कोरियन एअरले ९ अक्टोबर नेपाल उडान भर्नेछ।

प्रतिक्रिया दिनुहोस्