Logo

आज १ हजार ४ सय ७२ जनामा कोरोना संक्रमण देखिएसँगै कुन जिल्लामा कति संक्रमित थपिए ?



Spread the love

८ असोज, काठमाडौं । देशभरका प्रयोगशालामा ११ हजार ४४९ नमुना परीक्षण गर्दा बुधबार थप १ हजार ४ सय ७२ जनामा कोरोना संक्रमण देखिएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । हिजोको तुलनामा आज कोरोना संक्रमण हुने संख्या ३२९ ले बढेको छ ।

२४ घण्टा याता १ हजार ४ सय ९७ जना कोरोना संक्रमण देखिएका मध्य उदयपुरका २, ओखलढुङ्गाका १२, झापाका ४, भोजपुरका १, मोरङका ७३, संखुवासभाका ३, सुनसरीका १३, धनुषाका १०, पर्साका २३, बाराका ६, महोत्तरीका ४, रौतहटका ४, सप्तरीका १६, सर्लाहीका १, सिरहाका २३, काठमाडौँका ६०९, काभ्रेका १२, चितवनका १३७, दोलखाका ३, धादिङका ४, नुवाकोटका ८, भक्तपुरका ५१, मकवानपुरका २१, रामेछापका १, ललितपुरका ९५, सिन्धुलीका ५, कास्कीका ८, गोरखाका ९ र तनहुँका १७, नवलपरासीपूर्वका १४, पर्वतका ६, म्याग्दीका १, लमजुङका २, बागलुङका १२, स्याङ्जाका ८, अर्घाखाँचीका ३, कपिलवस्तुका २, गुल्मीका ४, दाङका ९, नवलपरासीका १४, पाल्पाका ४, प्यूठानका ६, बर्दियाका २४, बाँकेका ५३, रुपन्देहीका ८६, दैलेखका २, सल्यानका ४, सुर्खेतका ३, अछामका १, कञ्चनपुरका ४, कैलालीका ४५, डढेलधुराका १, डोटीका ४, दार्चुलाका १, तथा बैतडीका १० जनामा संक्रमण पुष्टि भएको हो।

यससँगै कुल संक्रमितको संख्या ६९ हजार ३ सय १ पुगेको छ । उनीहरुमध्ये ४५७ जनाको मृत्यु भएको छ भने ५० हजार ४ सय ११ जना संक्रमणमुक्त भएका छन् ।

प्रतिक्रिया दिनुहोस्