Logo

अस्पतालमा उपचाररत कोरोना संक्रमित कैदी भागे आइसोलेसनबाटै



Spread the love

९ असोज, स्याङ्जा। कोरोना संक्रमण भएर अस्पतालमा उपचाररत रहेका एक कैदी आइसोलेसनबाट फरार भएका छन् ।

अर्जुनचौपारी गाउँपालिका–४ का २८ वर्षीय ती युवक भिरकोट नगरपालिकाको हेलुमा रहेको कालिका सामुदायिक अस्पतालमा उपचाररत थिए।

गाई मारेको अभियोगमा पक्राउ परेर कारागारमा रहेकै बेला कोरोना संक्रमण देखिएपछि हेलुको आइसोलेसनमा उपचाररत रहेकै समयमा राति पानी परेको बेलामा अस्पतालबाट भागेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्