Logo

एकताको मोडालिटी टुंग्याउँदै एमाले-माओवादी



Spread the love

वाम गठबन्धनका दुई प्रमुख नेता केपी ओली र पुष्पकमल दाहाल प्रचण्डबीच पार्टी एकताको मोडालिटी टुंग्याएर एकता प्रक्रिया र सरकार गठनको गृहकार्यलाई तीव्रता दिने समझदारी भएको छ ।

‘वान टु वान’ भेटवार्ता र टेलिफोन संवादमा दुई नेताबीच पार्टी एकता प्रक्रिया र सरकार गठनको गृहकार्यलाई तीव्रता दिने समझदारी भएको खबर आजको नयाँ पत्रिकामा छापिएको छ ।

‘अहिले दुई अध्यक्षबीच मात्रै कुराकानी भइरहेको छ । प्रचण्ड चितवनबाट फर्किएलगत्तै मंगलबार या बुधबार पार्टी एकता संयोजन समितिको बैठकमा धेरै कुरामा छलफल हुनेछ ।’ – प्रदीप ज्ञवाली, नेता, नेकपा एमाले

‘ओलीलाई प्रचण्डले प्रधानमन्त्रीमा सिफरिस गरिसक्नुभएको छ । अन्य कार्यविभाजन पार्टी एकता संयोजन समितिको बैठकले छिट्टै टुंग्याउँदै छ । लिडरसिपबीच निरन्तर संवाद छ ।’ – जनार्दन शर्मा, नेता, माओवादी केन्द्र

 

प्रतिक्रिया दिनुहोस्