Logo

बलात्कारपछि १२ बर्षिय बालिकाको हत्या, हत्यारालाई फासीको माग गर्दै कालिकोटमा विरोध प्रदर्शन



Spread the love

१० असोज, कालिकोट । बझाङको मष्टा गाँउपालिका–२ की १२ बर्षिय बालिका सम्झना बिश्वकर्माको बलात्कारपछि हत्या गरेको भन्दै कालिकोटमा विरोध प्रर्दशन गरिएको छ ।

बालिकाको बलात्कार पछि हत्या भएको भन्दै कोलिकोटमा बलात्कार गर्नेलाई फासिको माग गदै लिंगाशैनि युथकलवका अध्यक्ष हिक्मतजंग मल्लको नेतृत्वमा कालिकोटको सदरमुखमा बलात्कारीलाइ फासी दे, दोसिलाई कारबाही गर भन्दै आज बजारमा विरोध प्रर्दशन गरेका छन् ।

यो भन्दा पहिला कन्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्याको अनुसान्धान नसेलाउदै फेरी बझाङ १२ बर्षिया बालिका सम्झनालाई बलात्कार गरी हत्या गरीनु सरकारकै कमजोरी भएको बताए । निर्मला पन्तका हत्यारा पत्ता लागाएको भए सायद सम्झनाको हत्या नहुने मल्लले बताए ।

बुधबार साँझ गोठमा गाईबस्तुलाई घाँस हाल्न हिँडेकी बालिकाको जबरजस्तीकरणी गरी हत्या गरेको भन्दै शुक्रबार मृतक बालिकाका हजुरबुवाले जिल्ला प्रहरी कार्यालय बझाङमा किटानी जाहेरी दिएका हुन् ।

मृतकका हजुरबुवाले घटना पश्चात प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएका मष्टा घर भएका राजेन्द्र बोहराको नाममा जवरजस्तीकरणी गरी हत्या गरेको अभियोगमा किटानी जाहेरी दिएको जिल्ला प्रहरी कार्यालय बझाङका डिएसपी रुपक खडकाले बताए ।

प्रतिक्रिया दिनुहोस्