Logo

अलपत्र परेका नेपालीलाई तत्काल उद्धार गर्न प्रधानमन्त्रीको निर्देशन



Spread the love

Prachanda jpg

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल सरकारका परराष्ट्र सचिव शंकरदास बैरागीलाई टेलिफोन गरेर साउदी अरब, श्रीलंका लगायत देशमा अलपत्र परेका नेपालीहरूलाई तत्काल उद्धार गरेर स्वदेश फर्काउन  दिएका छन् ।

साउदी अरबमा कम्पनीहरू बन्द हुँदा नेपालीहरू आफ्टेरोमा परेको साथै श्रीलंकामा पनि नेपालीहरू अलपत्र परेको समाचार बाहिर आएको छ।
प्रचण्डले बैरागीलाई भने ‘साउदी अरबमा सयौँ नेपाली र श्रीलंकामा ४५ जना नेपाली महिला अलपत्र परेको समाचार आएको छ, यथार्थ बुझेर तुरुन्ता–तुरुन्तै उनीलाई राहत, रोजगारीको व्यवस्था र नेपाल फर्कने व्यवस्था गर्नुस् ।’
सम्बन्धित देशको सरकार र दूतावाससँग समन्वय गरी यथाशिघ्र उनीहरूलाई राहतको व्यवस्था मिलाउन पनि प्रचण्डले भनेका छन्।
प्रधानमन्त्रीको निर्देशन तुरुन्तै कार्यान्यवन गर्ने सचिव वैरागीले बताएका छन्।

 

प्रतिक्रिया दिनुहोस्