Logo

विदेशमा कोरोना संक्रमणबाट थप २१ जना नेपालीको मृत्यु



Spread the love

११ असोज, काठमाडौं। विश्वभर फैलिएको कोरोना संक्रमणबाट विदेशमा थप २१ जना नेपालीको ज्यान गएको छ । साउदी अरबमा १४ जना, कुवेतमा ५ जना, युएई र युगान्डामा एक–एक जनाको मृत्यु भएको पुष्टि भएको हो ।

शनिवार साँझसम्म १७ देशमा रहेका २६५ जना नेपालीको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको पुष्टि भएको गैर आवासीय नेपाली संघले जनाएको छ ।

४२ देशमा रहेका ३८ हजार ८ सय ४८ जना नेपाली कोरोना भाइरसबाट संक्रमति भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्