Logo

यो हप्ता कोरोनाका कारण साउदीमा सबैभन्दा धेरै नेपालीको मृत्यु



Spread the love

११ असोज, काठमाडाैँ । कोरोना भाइरसको प्रभाव विश्वव्यापी छ । नेपालमा पनि यसको संक्रमण दर र मृत्यु हुनेको संख्या पनि बढिरहेको छ । त्यस्तै नेपाल बाहिर पनि नेपालीहरूमा कोरोनाको जोखिम उस्तै छ ।

गैरआवासीय नेपाली सङ्घले जनाए अनुसार यो हप्ताभरी विदेशमा २१ जना नेपालीको कोरोना संक्रमणबाट मृत्यु भएको छ । त्यस्तै अहिलेसम्म ४२ देशमा रहेका ३८ हजार ८४८ नेपाली कोरोना भाइरसबाट सङ्क्रमित हुँदा अहिलेसम्म ३५ हजार ७८ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् ।

साउदी अरबमा यो हप्ता सबैभन्दा धेरै नेपालीले कोरोना भाइरसका कारण ज्यान गुमाएका छन् । यो हप्ताभरी मात्रै त्यहाँ १४ जना नेपालीको कोरोना भाइरसका कारण मृत्यु भएको छ ।

साउदी पछि सबैभन्दा धेरै नेपालीको मृत्यु कुबेतमा भएको छ । त्यहाँ यो हप्तामात्रै पाँच जना नेपालीको मृत्यु भएको छ । शनिबार साँझसम्मको तथ्यांक साउदी र कुबेतसहित युगान्डा र युएईमा एक/एक जना गरी जम्मा २१ जनाको मृत्यु भएको हो ।

विदेशमा कोरोना संक्रमित भएकामध्ये कुल ९२ प्रतिशत नेपाली कोरोना संक्रमण मुक्त भएका छन् । यो साता पोर्चुगल, बेलायत, साउदी अरब, कुवेत, युएई, संयुक्त राज्य अमेरिकामा रहेका नेपालीमा कोरोना संक्रमण देखिएको छैन ।

अहिलेसम्म देश र विदेशमा गरी जम्मा ७४२ जना नेपालीको कोरोना भाइरसका कारण मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्