Logo

उमेरमा अझै अपरिपक्वता, आत्माबिश्वास र धैर्यताले साहसी बनेकी मुस्कान



Spread the love

आफू स्वयंम पिडामा परेर अरुको दु:खको एक हिस्सा बनी समस्याबाट कति पनि बिचलित नबनी साहासी र धैर्यवान बन्नु सायद जिवनकै सबैभन्दा ठुलो सफलता हो। पछिल्लो समय नेपालमा स्कुल, कलेज जाने उमेरसमुहका युवतीहरुमा एसिड आक्रमण श्रृङखला नै चलेको छ। बिरगंजकी तिनै छात्रा मुस्कान खातुन जो १५ बर्षको हुँदा एसिड आक्रमण जस्तो जघन्य अपराधको सिकार बन्न बाध्य भइन् । तर, आजको दिन प्रधानमन्त्री केपि शर्मा ओलि होस् या बिरगंजका मुख्यमन्त्री लालबहादुर राउत होस् हरेकमा पुगेर हरेक पीडितहरुको मा गैइ सान्त्वना दिई साहास भर्ने काम र मुस्कान छर्ने काम मुस्कान खातुनले गरिरहेकी छन् ।

९ कक्षा पढ्दाको एक बर्ष अगाडि भदौ २० गते उनका लागि कालो दिन बन्ने गरेको छ। तर, त्यो कालो दिन अरुका लागि कम्तिमा पनि नआओस्। पछिल्लो पटक पबित्रा कार्कीले भोगेको नियती अरु युवतीहरुले नपरोस् भन्दै जसरी अभियानकै रुपमा उनी लागिपरिन् । यो साहास सितिमिति जो कोहिमा आउदैन पनि ।

मुस्कानको जीवनबाट मुस्कान खोसिएको त्यो दिनको पिडा सम्झदा उनी अझै झस्किन्छ्न।त्यो दर्दनाक घटना अब कुनै पनि दिदिबहिनीमाथि कहिले नआओस् भनी उनि कामना गर्छिन् ।

१५ बर्षको लाउलाउ खाउखाउको उमेरमा आफ्ना भाइसंग विद्यायालय जादै गर्दा दुईजना युवाले पटकपटक जिस्काउदथे। त्यस दिन ती युवाले उनलाई पानी खानाका लागि एक जग दिएको र उनले इन्कार गरेकी थिइन् । उनलाई कुनै आभास पनि थिएन, त्यो एक इन्कार उनको जीवनको अविस्मरणीय घटना बन्नेछ। उनले इन्कार गरे पछि ती युवाले त्यस जगमा भएको पानी छ्यापिदिए। तर, त्यो पानी नभई एसिड थियो। जसका कारण मुस्कानको मुस्कान लुटिदियाे। सायद ती युवकलाई मज्जा आयो होला। तर, मुस्कानको मुस्कान रोक्न सकेन र त ३ करोड नेपाली मध्यको ५१% महिलाका लागि आज बुर्का भित्र नबसी बाहिर निस्किएर सबैका लागि लड्छु भनेर जसरी मुस्कान आएकी छन यो सितिमिति तागत र आत्मविस्वासले सम्भब छैन । उनी भन्छिन्, ‘नेपालमा कानुन हुन्थ्यो भने अपराधीलाई फासी दिनुपर्छ।’

एसिडको प्रहारले महिलाको जीवनशैलीमै दीर्घकालीन असर पुर्‍याउँछ । शारीरिक पीडा त असह्य हुन्छ नै, मानसिक पीडा पनि कम हुन्न । यस्तो आक्रमणपछि पीडितको उपचारको पाटो पनि एकदमै जटिल, महँगो र धेरै समय लाग्ने हुन्छ । त्यसैले एसिडको बिक्री–वितरणमा कडाइ गरिनु एकदमै जरुरी छ । कति मात्रामा, कहाँ र कसलाई मात्र उपलब्ध गराइने भन्नेबारे स्पष्ट नीति ल्याउनु आवश्यक छ । जहाँ जसलाई मन लाग्यो, बेच्न र किन्न पाइने भएकाले पनि एसिड आक्रमण बढ्दै गएको हो । त्यसैले कसले, कहाँ, के प्रयोजनका लागि कति मात्रामा किनबेच गरेको हो, त्यसको अभिलेख राख्नु अत्यावश्यक छ ।

एसिड आक्रमणकारी माथि नेपालको कानुनी प्राबधान के छ त?
२०७५ भदौ १ गते देखि लागू भएको मुलुकी अपराध संहिताको दफा १९३(२) का अनुसार कसुर गर्ने ब्यक्तिलाई कसुरको प्रकृति हेरि कुरुप गरे पाँच बर्ष देखि ८ बर्ष सम्म कैद र एक लाख देखि पाँच लाखसम्म जरिवानाको ब्यवस्था छ।

देशभरिका एसिड पीडितहरुका लागि प्रधानमन्त्रीको घाेषणा
एसिड हान्नेविरुद्ध कडा कानुन बन्दै, एसिड देशभरिका एसिड पीडितहरूसङ छलफल गरेर प्रधानमन्त्रीले वीर र शिक्षण अस्पतालमा उपचारको प्रबन्ध मिलाउने, पीडितहरूको सम्पूर्ण खर्च सरकारले बेहोर्ने घोषणा गरेका छन् ।

एसिड आक्रमणकारीलाई कारबाही गर्न अध्यादेश ल्याउने सरकारको निर्णय
कानूनमन्त्री शिवमाया तुम्बाहाङ्फेले मन्त्रिपरिषदमा पेस गरेको अध्यादेश स्वीकृत गरी छिट्टै राष्ट्रपति कार्यालय पठाइने छ । नयाँ कानुनअनुसार एसिडसम्बन्धी कसुरमा २० वर्षसम्मको सजाय र १० लाखसम्म जरिवाना तोकिएको छ ।

आक्रमणकारीको सम्पत्ति रोक्का गरेर पीडितलाई तुरुन्तै क्षतिपूर्ति भराइने पनि नयाँ कानुनमा व्यवस्था गरिएको छ । एसिड छ्यापेर पीडितको अनुहार, आँखा, नाक, कान, घाँटी तथा संवेदनशील अङ्गमा क्षति पुर्‍याइएमा २० वर्षसम्म कैद सजाय निर्धारण गरिएको हो । शरीरका अन्य अङ्गमा तेजाब मात्रै परे १० वर्ष सजाय भुक्तान गर्नुपर्ने छ । एसिड बिक्रीमा पनि सरकारले कडाइ गर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्