Logo

विज्ञान संकायमा ज्ञानज्योति मध्यपश्चिम प्रथम



Spread the love

राष्ट्रिय परीक्षा वोर्ड नेपालले भर्खरै सार्वजनिक गरेको कक्षा १२ विज्ञान संकायको नतिजामा पब्लिक ज्ञानज्योति उच्च मावि तुलसीपुर मध्यपश्चिम प्रथम भएको कलेजले दावि गरेको छ ।
941122_1381734812040803_132746794_n

कलेजका वलदेव गिरीले ८५.८ प्रतिशत अंक ल्याएर मध्यपश्चिम प्रथम भएको विज्ञान संकाय संयोजक सुन्दर देवकोटाले बताए ।

गिरीले कुल ५०० अंकमा ४२९ ल्याएका छन् । कलेजबाट २१ जनाले विशिष्ट श्रेणीमा उत्तिर्ण गरेको पनि संयोजक देवकोटाले बताए ।

यस अघि पनि विद्यालयले निरन्तर रुपमा मध्यपश्चिममै उत्कृष्ट नतिजा ल्याउदै आएको विद्यालयका प्राचार्य सुरेन्द्र जिसीले बताए ।

प्रतिक्रिया दिनुहोस्