Logo

महेन्द्र रत्न क्याम्पस, इलाममा पहिलो पटक हल्ट प्राइज सञ्चालन हुँदै



Spread the love

१२ असोज, इलाम – त्रिभुवन विश्वविद्यालय अन्तर्गत महेन्द्र रत्न बहुमुखी क्याम्पस , इलामको बागवानी सङ्कायले अन्तर्राष्ट्रिय वार्षिक व्यापार उद्यमशीलता चुनौती हल्ट प्राइज २०२०/२१ सञ्चालन गर्ने तयारी सुरु गरेको छ ।

विद्यार्थीहरूका लागि नोबेल पुरस्कारका रुपमा चिनिने हल्ट प्राइजमा विश्वभरका हजारौँ मानिसहरूले सहभागिता जनाउने छन् र जसमा प्रथम विजेताले पुरस्कार स्वरूप १० लाख अमेरिकी डलर जित्नेछन् ।

म.र.ब क्याम्पसमा पहिलो पटक हुन गइरहेको यस कार्यक्रम सञ्चालनको लागि क्याम्पस निर्देशक स्वस्तिका सुवेदीको नेतृत्वमा १८ सदस्य कमिटी गठन गरिएको छ ।

हल्ट प्राइज एक वार्षिक कार्यक्रम हो । हरेक वर्ष हल्ट प्राइज फाउन्डेसनले दिगो विकास लक्ष्य SDG मा रहेर सामाजिक उद्यमशीलतालाई प्रोत्साहन गर्दै चुनौती घोषणा गर्दछ र उक्त विषयभित्र रहेर प्रतियोगीहरू आफू प्रस्तुत हुनु पर्नेछ ।

सामाजिक रूपान्तरणको लागि हल्ट प्राइज एक उत्कृष्ट स्टार्ट अप प्लेटफर्म हो । यसका चार चरणहरू हुन्छ । हल्ट प्राइज कार्यक्रमको पहिलो खुड्किला भनेर चिनिने “अन क्याम्पस प्रोग्राम”हो । सो प्रोग्राम मरब क्याम्पस इलाममा हुन गइरहेको छ । यस प्रतियोगितामा हरेक टोलीले तीन वा चार जनाको समूह बनाई सहभागिता जनाउन सक्नेछन् ।

दोस्रो चरणमा अन क्याम्पस प्रोग्रामको विजेतालाई “हल्ट प्राइज दि रिजनल” मा पदोन्नति गरिन्छ । हल्ट प्राइज दि रिजनलमा संसारभरबाट आएका टोलीहरू प्रतिस्पर्धा गर्नेछन् र त्यहाँबाट क्षेत्रीय विजेता हल्ट प्राइजद्बारा चयन गरिनेछ ।

अर्को चरण “एक्सिलेरेटर”कार्यक्रम हो । जुन ७ देखि ८ हप्ताको हुन्छ । यहाँ टोलीहरूको विचारलाई लगानी तयारीमा रूपान्तरण गर्न मद्दत गरिन्छ ।

अन्त्यमा प्रतिष्पर्धीहरु “ग्लोबल” मा पुग्छन् र त्यहाँका विजेता १० लाख अमेरिकी डलरबाट पुरस्कृत हुनेछन् ।

विश्वभरिबाट सहभागी हुने यस कार्यक्रममा २ हजार भन्दा बढी विश्व विद्यालयहरूबाट ३ लाख भन्दा धेरैले सहभागिता जनाउने गरेका छन् ।यस वर्षको चुनौतीको शीर्षक “Food for Good” रहेकोले हल्ट प्राइज मरब क्याम्पस टिमले कोरोना महामारीको विषम परिस्थितिमा पनि, अनलाइनको माध्यमबाट विभिन्न जानकारी मूलक कार्यक्रमहरू गर्दै आएको छ ।

हल्ट प्राइज पोखरा युनिभर्सिटी एट सिस्ट कलेज अनक्याम्पस’ प्रोगामको मिडिया पार्ट्नर सल्लेरी खबर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्