Logo

खेलकुद कार्यालयद्वारा १ महिनाको भाडा छुट तर, व्यवसायी भने असन्तुष्ट



Spread the love

१६ असोज, काठमाडौँ। जिल्ला खेलकुद कार्यालय गुल्मीले एक महिनाको सटर भाडा छुट गरेको छ । कोरोनाभाइरसबाट व्यवसायीहरू मारमा परेका कारण केही सहुलियत दिएको खेलकुद कार्यालय गुल्मीले जनाएको छ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप)को निर्देशन तथा जिल्ला खेलकुद विकास समिति गुल्मीको निर्णय अनुसार सटर भाडा छुट गरिएको कार्यालय प्रमुख डिल्ली विश्वकर्माले जानकारी दिए ।

खेलकुद कार्यालयले आफ्ना पाँच वटा सटर फरक फरक मूल्यमा भाडामा दिएको छ । यसरी एकमुष्ट एक लाख १२ हजार सात सय ५५ रकम छुट दिएको हो ।

तर, यता व्यवसायी भने खेलकुद कार्यालयको निर्णय प्रति असन्तुष्ट रहेका छन् । उनीहरूले लकडाउन अवधिको ५०५ प्रतिशत रकम छुट पाउनु पर्ने माग राखेका छन् । साथै, एक महिनाको भाडा छुटले आफूलाई केही सहुलियत नहुने उनीहरूको धारणा रहेको छ ।

यद्यपि, खेलकुद कार्यालयले भने केन्द्र र समितिको निर्णय अनुसार काम गरेको उल्लेख गरेको छ ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्