Logo

पाँच दिनदेखि बेपत्ता पुरुषको शव फेला



Spread the love

१६ असोज, गुल्मी – विगत पाँच दिनदेखि बेपत्ता भएका गुल्मीका एक पुरुषको शव फेला परेको छ ।
जिल्लाको इस्मा गाउँपालिका वडा नम्वर तीन दर्लामचौरका ४९ वर्षीय वीर बहादुर कुमालको शव फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

शुक्रबार गाउँपालिकाको वडा नम्वर पाँचको अधेरी खोलामा शव फेला परेको बताइएको छ ।
उनको शव अहिले गुल्मी अस्पतालमा ल्याइएको र घटनाबारे अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरीक कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक केदार पन्तले सल्लेरी खबरलाई जानकारी दिएका छन् ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्