Logo

ओन सिस्टर नेपाल संस्थाद्वारा २६ विद्यार्थीका परिवारलाई राहत वितरण



Spread the love

१७ असोज, काठमाडौँ । विश्वव्यापी रूपमा फैलिँदै गएको कोरोना भाइरस(कोभिड १९)को प्रभाव अहिले नेपालमा तिब्र रुपमा फैलिँदै गएको छ । यस्तै बेला श्री बालकुमार बेसिक स्कूलका विद्यार्थीका परिवारलाई ओन सिस्टर नेपाल(one sister nepal) संस्थाले राहत बितरण गरेको छ ।

कोरोना रोकथाम तथा नियन्त्रण गर्न सरकारले जारी गरेको लकडाउनबाट अत्यावश्यक सेवा बाहेक सबै बन्द गरेको, मानिसहरुलाई घर बाहिर निस्कन रोक लगाइएको बेला श्री श्री बालकुमार बेसिक स्कूलका जेहेनदार र बिपन्न २६ विद्यार्थीका परिवारलाई राहत वितरण गरेको छ ।

ओन सिस्टर नेपाल संस्थाकी अध्यक्ष छिरिङ ल्होमीको नेतृत्वमा काठमाडौंको बुढानीलकण्ठ वडा नम्बर १२ मा रहेको सरकारी स्कुल श्री बालकुमार बेसिक स्कूलका २६ विद्यार्थीका परिवारलाई कोरोना महामारीको बेला सहयोग गरेकी छन् ।

हुने बिरुवाको चिल्लो पात भने झैँ छिरिङ ल्होमी सानै देखि सामाजिक सेवामा तत्पर रहेकी छिन्। उनी जो-कोही दुखमा परेको असहाय, अति विपन्न र दैनिक ज्यालादारी गर्ने व्यक्तिहरुलाई सहयोग गरेकी हुन्छिन् ।

No description available.

ल्होमीले विद्यार्थीको परिवार कोठा भाडा बस्दै आएका लकडाउन कारण आफ्नो दैनिक ज्यालादारी गर्न गाहो र भोकै बस्नु परेको विद्यार्थीका परिवारलाई काठमाडौँ बुढानीलकण्ठमा शुक्रबार दिउँसो ६५० के.जी चामल, ५२ के.जी दाल,२६ लिटर तेल, २६ पाकेट नुन, २६ पाकेट मस्यउरा, २६ पिस सेनिटाइजर, २६० पिस माक्स लगायतका खाद्यान्न सामग्री वितरण गरेकी छन् ।

No description available.

ओन सिस्टर नेपाल संस्थाले प्रत्येक विद्यार्थीका परिवारलाई २५ के.जी चामल, २ के.जी दाल, एक पाकेट तेल, एक पाकेट नुन, १ पाकेट मस्यउरा, एक पिस सेनिटाइजर, १० पिस माक्स लगायतका खाद्यान्न सामग्री र सेनिटाइजर र माक्स वितरण गरेको संस्थाले सल्लेरी खबरलाई जनाएको छ ।

No description available.

यस सल्लेरी खबरको माध्यमबाट कोरोना भाइरसको कारण विद्यार्थीहरु काठमाडौँ जुनसुकै ठाउँमा बस्नु भएको कुनै पनि विद्यार्थीहरु अप्ठ्यारो, समस्या र भोकै बस्नु परेको छ भने ल्होमीले आफूलाई सम्झिनु बताएकी छन् ।

No description available.

प्रतिक्रिया दिनुहोस्