Logo

प्रकाश समीरको मार्मिक दशै गित ‘गरिबीको झोला’ सार्वजनिक(भिडियो)



Spread the love

नेपालिहरुको महान् पर्व वडा दशै नजिकिए संगै कलाकारहरुले दशै तिहारका गितहरु सार्वजनिक गरिरहेका छन् , प्राय प्रदेशी हुनुको पिडालाई नै गितमा प्रस्तुत गरिएको पाईन्छ । यसैबिच गायक प्रकाश समीरको दशैँ गीत ‘गरिबीको झोला’ सार्वजनिक भएको छ ।

गायिका शान्ति श्री परियार र प्रकाश समीरको आवाजमा रहेको गीतमा प्रकाश समीरकै शब्द रहेको छ भने एलेन घिमिरेको संगीत रहेको छ। गरिविको यथार्थ पिडा , प्रदेशीको कथा अनि दशैतिहारमा घर आऊन नभएको पिडा आदि विषयवस्तु गितमा दर्शाईएको छ ।

कोरोनाले परदेशीहरुलाई दिएको दुःखलाई गीतमा मार्मिक रुपमा प्रस्तुत गरिएको छ । प्रकाश समीरकै अभिनय र निर्देशन रहेको गीतको भिडियोमा चर्चित मोडल रञ्जिता गुरुङको अभिनय रहेको छ ।

समीर मिडियाले तयार गरेको उक्त गीत प्रकाश समीरको अफिसिएल यूट्यूब च्यानलबाट सार्वजनिक गरिएको छ ।

हेर्नुहोस् भिडियो:

https://youtu.be/TunDmPzcZIU

प्रतिक्रिया दिनुहोस्