Logo

विदेशमा रहेका ९२ प्रतिशत नेपालीले जिते कोरोनाभाइरसलाई



Spread the love

काठमाडौं। विदेशमा रहेका ९२ प्रतिशत नेपालीले कोरोनाभाइरसलाई जितेका छन् । ४२ देशमा संक्रमित भएकामध्ये ३५ हजार ९ सय १६ जना नेपाली कोरोना मुक्त भएको गैरआवासीय नेपाली संघले जनाएको छ ।

विदेशमा शनिवार साँझसम्म विभिन्न देशमा गरेर ३९ हजार ५ सय २८ नेपाली संक्रमित भएका छन् ।

त्यस्तै, कोरोनाबाट हालसम्म १८ देशमा रहेका २ सय ६६ जना नेपालीको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्