Logo

मुख्यमन्त्री पोखरेलको गाडीमा ढुंगामुढा, काङ्ग्रेसका केही नेता पक्राउ



Spread the love
मुख्यमन्त्री शंकर पोखरेल चढेको गाडीमाथि ढुंगा प्रहार 

१८ असोज,बुटवल ।  प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलको गाडीमा ढुंगा प्रहार गरिएको छ ।

काठमाडौंबाट भैरहवा हुँदै स्कर्टिङसहित बुटवल आउँदै गरेका मुख्यमन्त्री चढेको गाडीमा आइतबार साँझ साढे ६ बजे मिलनचोक नजिक ढुंगा प्रहार भएको हो । मुख्यमन्त्रीका अगाडि र पछाडि स्कर्टिङका ३ वटा गाडी थिए । 

मुख्यमन्त्री सवार गाडीमा ढुंगा प्रहार भएको र मुख्यमन्त्री पोखरेल सामान्य घाइते भएको नेकपा मुख्य सचेतक भूमिश्वर ढकालले पुष्टि गरे। मुख्यमन्त्री सवार गाडी र मुख्यमन्त्रीको स्कर्टिङ गर्ने २ वटा गाडीमा क्षति भएको प्रहरीले जनाएको छ। यद्यपि प्रहरीले कति क्षति भयो भन्ने यकिन नभएको जनाएको छ।

प्रहरीले घटनामा संलग्न भएको आरोपमा कांग्रेस युवा नेता एवं प्रदेशसभा सदस्यका उम्मेदवार विष्णु पोखरेल, नेविसंघका केन्द्रीय उपसभापति मुक्तिराज पौडेल, सञ्चारकर्मी कमला पाण्डेसहित ६ जनालाई पक्राउ गरेको कांग्रेस रुपन्देहीका सचिव रामकृष्ण खाँणले बताए ।

प्रतिक्रिया दिनुहोस्