Logo

गुल्मीमा छोराद्वारा बुवाको हत्या, छोरा फरार !



Spread the love

१९ असोज, गुल्मी। गुल्मीमा आफ्नै छोराले बुवाको हत्या गरेका छन् । जिल्लाको इस्मा गाउँपालिका वडा नम्बर चारका अन्दाजी वर्ष २६ का अनिल बस्नेतले आफ्ना बुवा वर्ष ६० का डिल बहादुर बस्नेतको आइतबार साझा हत्या गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

किन र कस्तो हतियार प्रयोग गरी हत्या गरियो भन्ने बारेमा अझै खुल्न सकेको छैन । छोरा अनिल बस्नेत भने फरार रहेका छन् । उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

गम्भीर घाइते भएका डिल बहादुर बस्नेतको उपचारको लागी अस्पताल लैजाने क्रममा मृत्यु भएको हो।

प्रतिक्रिया दिनुहोस्