Logo

गुरुयोजनाको विरुद्धमा उत्रिए पाशुपात क्षेत्रका स्थानीयहरु



Spread the love

१९ असोज, काठमाडौं। पशुपति क्षेत्र विकास कोषले तयार पारेको गुरुयोजनाको विरोध गर्दै स्थानीय बासिन्दाले प्रदर्शन गरेका छन् ।सोमबार पाशुपत क्षेत्रमा पशुपतिनाथको पुरानो बस्ती र संस्कृति मासिने गरी कोषले गुरुयोजना तयार गरिएको भन्दै स्थानीयले आन्दोलन थालेका हुन् ।

पशुपति क्षेत्रको विकासको नाउँमा परापूर्वदेखिको वस्ती नै मास्ने र स्थानीय संस्कृति तथा जात्राको विनास गर्ने गरी गुरुयोजना ल्याइएको भन्दै स्थानीय विरोधमा उत्रिएका हुन् ।

पशुपति क्षेत्र विकास कोषले साउन महिनामा सिफलसम्म बस्ती खाली गराउने प्रस्ताव सहितको संशोधित गुरुयोजना मन्त्रालयमा पठाएको छ ।

प्रतिक्रिया दिनुहोस्