Logo

नेपालमा एकै पटक एक जना महिलाले दिइन् पाँच जना शिशुलाई जन्म



Spread the love

१९ असोज, काठमाडाैँ । नेपालमा एक जना महिलाले एकै पटक पाँच जना शिशुलाई जन्म दिएकी छन् । काठमाडौँको थापाथलीस्थित परोपकार प्रसुति गृहमा एक जना महिलाले एकै पटक पाँच जना शिशुलार्इ जन्म दिएकी हुन् ।

स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा. कृतिपाल सुवेदीले दिएको जानकारी अनुसार २८ वर्षीया सोमिका तामाङले पाँच वटा शिशुलाई जन्म दिएकी हुन् ।

एउटा शिशुको जन्मिनुभन्दा अगाडी नै मृत्यु भएको बताइएको छ। अन्य चार शिशु जीवितै छन् । त्यस्तै आमाको अवस्था समेत सामान्य नै रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्