Logo

आफ्नै अंकलबाट बालिका बलात्कृत, आमा बनिन् बालिका



Spread the love

१९ असोज, कास्की । केही दिन पहिले एकजना व्यक्तिले आफ्नै छोरी बलात्कार गरेको घटना बाहिर आएको थियो । यस्तै अर्को घटना बाहिर आएको छ । भनिन्छ बुवापछिको काका हुन्छन् ।

कास्कीमा गत पुसमा आफ्नै भतिजीलाई बलात्कार गरेको आरोप लागेका  व्यक्ति पक्राउ परेका छन्। सर्लाही प्रहरीको समन्वयमा २१ वर्षीय ती पुरुषलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

बलात्कृत १४ वर्षीया बालिकाले गत भदौ २९ गते छोरा जन्माएकी थिइन्। बालिका आमा बनेको करिब एक महिनापछि प्रहरीले ती आरोपीलाई पक्राउ गरेको छ। उनी आइतबार पक्राउ परेका हुन्।

पक्राउ परेका ती व्यक्तिलाई अदालतबाट पाँच दिनको म्याद लिएर अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्