Logo

भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या घट्यो



Spread the love

२० असोज, एजेन्सी – पछिल्लो २४ घण्टामा भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या घटेको छ । हिजो ९ सय २ जनाले कोरोना भाइरसका कारण ज्यान गुमाउँदा आज ८ सय ८६ जनाको ज्यान गएको छ ।

पछिल्लो २४ घण्टामा भारतमा कोरोनाबाट ५९ हजार भन्दा धेरै संक्रमित थपिदा ८ सय ८६ जनाको मृत्यु भएको हो ।

अहिलेसम्म भारतमा ६६ लाख ८२ हजार भन्दा बढीमा कोरोना संक्रमण पुष्टि हुँदा ती मध्ये ५६ लाख ५९ हजार भन्दा बढी निको भइसकेका छन् भने १ लाख ३ हजार ६ सय जनाको मृत्यु भइसकेको छ ।

कोरोनाबाट प्रभावित देशमध्ये भारत दोश्रो स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्