Logo

एकै अस्पतालमा दुईजना कोरोना संक्रमितको मुत्यु



Spread the love

२० असोज, विराटनगर । मंगलबार विराटनगरको नोबेल शिक्षण अस्पतालको आइसोलेसनमा उपचार गराइरहेका दुई जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको अस्पतालका जनसम्पर्क अधिकृत नारायण दाहालले जनाएका छन् ।

अस्पतालका अनुसार मृतक दुवै जना मोरङका हुन् । मुत्यु हुनेमा कानेपोखरी गाँउपालिका ६ का ५० वर्षीय पुरुष विगत ५ वर्षदेखि ब्लड क्यान्सरबाट पीडित बिहान करिब ३ बजे उपचारका क्रममा मृत्यु भएको हो ।

अर्को रतुवामाई नगरपालिका ८ का ४५ वर्षीय पुरुषको मंगलबार बिहान मृत्यु भएको हो । उनको बिहान २ बजेर ३० मिनेटमा मृत्यु भएको छ। अशाेज १३ गते उपचारका लागि अस्पतामा आएको बिरामीको पीसीआर परीक्षण गर्दा कोरोना पोजिटिभ देखिएको दाहालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्