Logo

काँग्रेसका ५ सांसदले गरे राजधानी देउखुरी राख्ने प्रस्तावमा मतदान



Spread the love

२० असोज,बुटवल । प्रदेश ५ को राजधानी देउखुरी र नाम लुम्बिनी राख्ने प्रस्ताव दुई तिहाइले पारित भएको छ। प्रदेशसभाको मंगलबारको बैठकमा भएको भोटिङबाट दुई तिहाइ बहुमतका साथ दाङको देउखुरीलाई राजधानी बनाउने प्रस्ताव पारित भएको हो ।

भोटिङमा देउखुरीको पक्षमा ६९ र विपक्षमा १३ मत खसेको थियो भने प्रदेशको नाम लुम्बिनी राख्ने प्रस्तावको पक्षमा ७९ मत र विपक्षमा ४ मत खसेको छ ।

यसैगरी, काँग्रेसका ५ सांसदले राजधानी देउखुरी राख्ने प्रस्तावमा मतदान गरेका छन् ।

बाँकेका मोहम्मद याकुव अन्सारी, बर्दियाका सांसद भुवनेश्वर चौधरी, शंकर गिरी, अर्जुन श्रेष्ठ र डिल्ली चौधरीले दाङ देउखुरीको पक्षमा मतदान गरेका हुन् ।

प्रदेशसभामा कांग्रेसका १९ सांसद छन् । जसमध्ये १३ जनाले दाङ राजधानी राख्ने विपक्षमा मतदान गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्