Logo

४३ औँ राष्ट्रिय भू–संरक्षण दिबश सल्यानमा पनि मनाइयो



Spread the love

13900641_1748048252075345_537522626_n (1)

४३ औँ राष्ट्रिय भू–संरक्षण दिबश आज सल्यानमा पनि मनाईएको छ ।
जिल्ला भू–संरक्षण कार्यालय सल्यान र सिर्जनशिल कबुलियती बन उपभोक्ता समुह खलंगाको संयुक्त आयोजनामा उक्त दिबश मनाईएको हो । सिर्जनशिल कबुलियती बन उपभोक्ता समुहका अध्यक्ष कृष्ण राज उपाध्यको अध्यक्षता एवम् सल्यानका प्रमुख जिल्ला अधिकारी दुर्गादत्त पौडेलको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भको हो ।
कार्यक्रममा जिल्ला भू–संरक्षण अधिकृत रामकृष्ण राजथला लगाएतकाले बोल्नु भएको थियो । दिबशको अबसरमा सिर्जनशिल कबुलियती बन खलंगा २ स्यानचौरीमा बृक्षारोपण गरिएको छ । प्रमुख जिल्ला अधिकारी दुर्गादत्त पौडेलले टिमुरको बिरुवा रोपेर कार्यक्रमको शुरुवात गर्नु भएको थियो । स्यानचौरीमा रहेको खाली ठाउँमा आयआर्जन मुलक टिमुरका बिरुवा रोपिएको छ ।
बन समुहको आय आर्जनमा बृद्धि गर्ने उद्देश्यले टिमुरका २ सय ५० ओटा बिरुवा रोपिएको बन समुहका अध्यक्ष कृष्ण राज उपाध्यका जानकारी दिनुभयो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी प्रमुख जिल्ला अधिकारी दुर्गादत्त पौडेलले ती रोपेका बिरुवाहरुलाई हुर्काउनको लागी तथा संरक्षणको लागी बन समुह सक्रिय पूर्वक लाग्नु पर्नेमा जोड दिनु भयो । बृक्षारोपन कार्यक्रममा बिभिन्न तह र तप्पाका ब्यक्तित्वहरुको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्