Logo

राष्ट्रपतिद्वारा कुवेती अमीरलाई बधाई



Spread the love

२० असोज, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले कुवेतको अमीरको कार्यभार सम्हालेकोमा शेख नवाफ अल अहमद अल जाबेर अल सबाहमा बधाई ज्ञापन गरेकी छिन् । कुवेती अमीरलाई आज बधाई सन्देश पठाउँदै राष्ट्रपति भण्डारीले नेपाल र कुवेतबीच कूटनीतिक सम्बन्ध स्थापना भएयता अत्यन्त सुमधुर सम्बन्ध रहेको बताएकी छिन् ।

राष्ट्रपति भण्डारीले विद्यमान द्विपक्षीय सम्बन्ध भविष्यमा अझ सुदृढ हुने विश्वास व्यक्त गरेकी छिन् । उनले कुवेत र त्यहाँका मित्रवत् जनताको निरन्तर प्रगति र समृद्धिको कामना सन्देशमा गरेकी छिन् । नेपाल र कुवेतबीच सन् १९७२ मा कूटनीतिक सम्बन्ध स्थापना भएको हो ।

प्रतिक्रिया दिनुहोस्