Logo

कोरोना संक्रमणबाट दुई महिने शिशुसहित चार जनाको मृत्यु



Spread the love

२१ असोज, बुटवल। बुटवलको कोरोना विशेष अस्पतालमा उपचार गराइरहेका दुई संक्रमितको ज्यान गएको छ । नवलपरासीको सुनवल नगरपालिका–५ का ७६ वर्षीया वृद्धको र बुटवल उपमहानगरपालिका–९ का ५५ वर्षीया महिलाको आज बिहान मृत्यु भएको हो ।

नवलपरासीका वृद्धमा दम र उच्च रक्तचापको पनि समस्या थियो । बुटवल कि महिलामा भने उच्च ज्वरोे बाहेक अन्य समस्या देखिएको थिएन ।

त्यस्तै चितवन मेडिकल कलेजमा उपचारका क्रममा मंगलबार साँझ भरतपुर महानगरपालिका–१० का ६१ वर्षीय पुरुषको मृत्यु भएको छ ।

त्यस्तै झापाको मेची प्रादेशिक अस्पतालमा मृत्यु भद्रपुर नगरपालिका आठका दुई महिने शिशुमा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया दिनुहोस्