Logo

त्रिविको स्थगित परीक्षा मङ्सिर दोस्रो साताबाट सुरु गरिने



Spread the love

२१ असोज, काठमाडौं । त्रिभुवन विश्वविद्यालयको मानविकी सङ्कायले स्थगित स्नातकोत्तर तहको परीक्षा मङ्सिर दोस्रो साताबाट सुरु गर्ने भएको छ ।

गत चैत ७ गतेदेखि स्थगित स्नातकोत्तर तह द्वितीय तथा चौथो सेमेस्टरमा अध्ययन गर्ने विद्यार्थीको परीक्षा मङ्सिरमा सञ्चालन गर्ने निर्णय गरिएको जानकारी मानविकी तथा सामाजिक विज्ञानको डीन कार्यालयले जनाएको छ ।

यसका साथै स्नातक तहको विभिन्न सेमेस्टरको परीक्षा पुस पहिलो साताबाट सञ्चालन गरिने जानकारी डीन कार्यालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्