Logo

बैठकका लागि जाँदै गरेका वडाध्यक्षको बाटैमा मृत्यु



Spread the love

२१ असोज, जाजरकोट । जीप दुर्घटनामा परी वडा अध्यक्ष सहित ५ जनाको मृत्यु भएको छ । जाजरकोटको जुनीचाँदे गाउँपालिका–१ औलभीरमा जिप दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु भएको हो ।

उक्त दुर्घटनामा जुनीचाँदे वडा नम्बर ११ का वडाध्यक्ष अमरबहादुर शाहीको पनि मृत्यु भएको गाउँपालिकाका सूचना अधिकारी जयराम घर्तीले जानकारी दिएका छन् ।

दुर्घटनामा मृत्यु हुने अन्य चार जनामा स्थानीय खेमराज शाही, कृतिबहादुर शाही, कृष्णबहादुर शाही र मालिका बस्नेत छन् । २ जना बेपत्ता भएका छन् भने १ जना घाइते भएका छन् ।

बेपत्ता भएकाको सनाखत हुन नसकेको प्रहरीले बताएको छ । वडाअध्यक्ष्य शाही गाउँपालिकाको कार्यपालिकाको बैठकका लागि सदरमुकाम खलंगादेखि परालेतर्फ जाँदै थिए । उनी चढेको भे १ ज ९३५ नम्बरको जिप दुर्घटनामा परेपछि उनको बाटोमा नै मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस्