Logo

आज ३ हजार ४ सय ३९ जनामा कोरोना संक्रमण देखिएसँगै कुन जिल्लामा कति संक्रमित थपिए ?



Spread the love

२१ असोज, काठमाडौं । देशभरका प्रयोगशालामा १४ हजार २०९ नमुना परीक्षण गर्दा सोमबार  थप ३ हजार ४ सय ३९ जनामा कोरोना संक्रमण देखिएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । हिजोको तुलनामा आज कोरोना संक्रमण हुने संख्या १ हजार ८ सय ८८ ले बढेको छ ।

२४ घण्टा याता १ हजार ५ सय ५१ जना कोरोना संक्रमण देखिएका काठमाडौंका १२९६, ललितपुर २९३ र भक्तपुरका ९५, मोरङका ३२२ जना, सुनसरीका १९३, चितवनका १३१, रुपन्देहीका १३०, बाँकेका १०६, मकवानपुरका ९९, सुर्खेतका ७८, काभ्रेका ५१, दार्चुलाका ४८, रौतहट, कास्की र बाग्लुङका ३४/३४ जना, सप्तरी र कपिलवस्तुका ३३/३३ जना, सिन्धुलीका ३०, कैलालीका २५, दाङका २४ झापा र बर्दियाका २२/२२ र लमजुङ र पाल्पाका १९/१९ जना, धनुषा र नवलपरासीका १८/१८ जना, सर्लाही र नवलपुरका १७/१७ जना, पर्सा र सिराहाका १५/१५ जना, बारा, गोरखा र तनहुँका १३/१३ जना, सिन्धुपाल्चोकका ११, धादिङका १०, नुवाकोट, गुल्मी र सल्यानका ९/९ जना, रामेछापका ८, दोलखाका ६, महोत्तरी, दैलेख र अछामका ५/५ जना तथा उदयपुर, ओखलढुंगा र कञ्चनपुरका ४/४ जना, खोटाङ, धनकुटा, संखुवासभा, पर्वत, स्याङ्जा, प्युठान, रुकुम पश्चिम र डोटीका ३/३ जना, भोजपुर, म्याग्दी, अर्घाखाँची, रोल्पा र बैतडीका २/२ जना तथा इलाम, रुकुम पूर्व, कालीकोछ, डोल्पा, डडेलधुरा र बझाङका १/१ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

यससँगै कुल संक्रमितको संख्या ९४ हजार २५३ पुगेको छ । उनीहरुमध्ये ५७८ जनाको मृत्यु भएको छ भने ६८ हजार ६६८ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र ११२६ जना संक्रमणमुक्त भएका छन् ।

प्रतिक्रिया दिनुहोस्