Logo

हल्ट प्राइज अन क्याम्पसको “माइक्रोसफ्ट अफिस प्याकेज” प्रशिक्षण कार्यक्रम सम्पन्न



Spread the love

२१ असोज, काठमाडौं । बिद्यार्थीहरुको नोबेल पुरस्कार भनेर चिनिने हल्ट प्राइज प्रारम्भिक चरण सामाजिक उद्यमको लागि संसारमा सबैभन्दा ठुलो स्टार्ट-अप कार्यक्रम हो । US १० लाख डलर स्टार्ट-अप पुरस्कार रहेको हल्ट प्राइजले विद्यार्थीलाई सामान्य रूपले पूर्ण मुनाफा प्रेरित व्यवसाय र विश्व परिवर्तन गर्ने सामाजिक उद्यमी बन्न मद्दत गर्दछ । पोखरा विश्वविद्यालय अन्तर्गतका तिन वटा अन् क्याम्पस पोखरा, चितवन र Cist कलेजमा हल्ट प्राइज २०२०/२१ को तयारी तीव्र गतिमा चलिरहेको छ ।

सामाजिक उद्धमशिलता चुनौती हल्ट प्राइज २०२०-२१ को तयारीमा रहेका तिन वटा अन् क्याम्पसको संयुक्त आयोजनामा माइक्रोसफ्ट अफिस प्याकेजमा प्रभाव प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । तीन हप्ताको लागि प्रत्येक आइतबार इच्छुक प्रशिक्षार्थी भर्चुअल माध्यमबाट कार्यक्रममा जोडिएका थिए । कार्यक्रम २० सेप्टेम्बर, २६ सेप्टेम्बर र ४ अक्टोबर गरी तीन दिन सम्म भएको थियो ।

माइक्रोसफ्ट अफिस विशेषज्ञ, राष्ट्रिय च्याम्पियन – २०१८ का असीम तारा पाठकले कार्यक्रममा प्रशिक्षण दिएका थिए, भने कार्यक्रमलाई नेपाल अनलाइन स्कुल , रोटार्याक्ट क्लब काठमाडौँ नर्थ इस्ट , Institute of Himalayan Risk Reduction र मेरो क्रिएसन् ले सहयोग गरेको थियो । कार्यक्रमले दैनिक जीवनमा प्रयोग हुने माइक्रोसफ्ट अफिसको आधारभूत तह देखि माथिल्लो तह सम्म सबै सिकाइ गराएको र भर्चुअल रुपमा प्रभावकारी रूपले कार्यक्रम सम्पन्न भएको हल्ट प्राइज २०२०/२१ पोखरा विश्वविद्यालय, सिस्ट कलेजकी क्याम्पस उपनिर्देशक दीपा घिमिरेले सल्लेरी खबरलाई जानकारी दिइन् ।

कार्यक्रमको मिडिया पार्टनर सल्लेरी खबर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्