Logo

ट्रम्प भन्छन्, ‘चीनले गर्दा मलाई कोरोना लाग्यो, चीनले अब यसको परिणाम व्यहोर्नुपर्नेछ’



Spread the love

एजेन्सी। कोरोना संक्रमित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प नियमित काममा फर्केका छन् । कोरोना संक्रमण प्रमाणित भएको केही दिनमै ट्रम्प ह्वाइट हाउसको ओभल अफिसमा फर्केका हुन् ।

ट्रम्पले कोरोना नियन्त्रण र रोकथामका लागि विश्व स्वास्थ्य संगठनले तोकेका स्वास्थ्य मापदण्ड र आईसोलेसनको नियम तोडेका हुन् ।

ट्रम्पले आफु स्वस्थ भएकोमा भगवानलाई धन्यवाद दिँदै आफुले जस्तै स्वास्थ्य उपचार सबै संक्रमित अमेरिकीहरुको पुहँचमा हुनुपर्ने बताएका छन् । राष्ट्रपति ट्रम्प भिडियोमा चीनमाथि आक्रमण गर्न भने चुकेनन् । उनले भने, “मलाई चिनियाँ भाइरसको संक्रमण भयो, यसमा तपाईंको गल्ती होइन, चीनको गल्ती हो । चीनले यसको परिणाम व्यहोर्नुपर्नेछ । चीनले यो देशका साथ जे गरेको छ, त्यसको मूल्य चुकाउनुपर्नेछ ।” 

प्रतिक्रिया दिनुहोस्