Logo

ब्राजिलमा कोरोना संक्रमितको संख्या ५० लाख नाघ्यो



Spread the love

एजेन्सी। अमेरिका र भारतपछि तेस्रो स्थानमा रहेको ब्राजिलमा हिजो एकै दिन ३१ हजार ५ सय ५३ थपिएसँगै संक्रमितको संख्या ५० लाख ६ सय ९४ पुगेको छ ।

कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १ लाख ५० हजार नजिक छ । ४४ लाख ४१ हजार २ सय ४४ जना भने संक्रमणमुक्त भएका छन् ।

ब्राजिलका राष्ट्रपति जायर बोल्सोनारोमाथि माहामारी नियन्त्रणका लागि प्रतिबन्ध लगाउन विशेषज्ञहरुले दिएको सुझाव नमानेको आरोप लागेको छ ।

प्रतिक्रिया दिनुहोस्