Logo

महामारीको बेला डा. केसीले अनशन नबसेको भए हुन्थ्यो – नारायणकाजी श्रेष्ठ



Spread the love

२२ असोज, काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले डा. गोविन्द केसी निःस्वार्थी सत्याग्रही भएको बताएका छन् ।

सामाजिक संजाल फेसबुकमा आज श्रेष्ठले केसीको अनसनकै कारण चिकित्सा शिक्षा र स्वास्थ्यको क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल भएको उल्लेख गरेका हुन् ।

प्रवक्ता श्रेष्ठले कोरोना महामारीविरुद्ध लड्ने बेलामा अनशन नबसेको भए हुन्थ्यो भन्ने आफुलाई लागेको पनि उल्लेख गरेका छन् ।

डा. केसीको मागमा केही असहमति भए पनि उनको जीवन महत्वपूर्ण भएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्