Logo

नायिका सना खानले छाडिन् बलिउड



Spread the love

एजेन्सी। बलिउड अभिनेत्री सना खानले रंगिन दुनियाँ छाड्ने घोषणा गरेकी छन् । सनाले ग्ल्यामर दुनियाँ छाडेर आफूलाई जन्माउने अल्लाहको आदेश अनुसार अगाडि बढ्ने उल्लेख गरेकी हुन् ।

सनाले अब मानवताको सेवामा काम गर्ने उल्लेख गरेकी छन् । साथै, उनले आफूलाई ग्ल्यामर दुनियाँको कुनै पनि कामका लागि अफर नगर्न आग्रह समेत गरेकी छन् ।

‘बीग बोस ६’मा सहभागी भएर चर्चा पाएकी सनाले चलचित्र ‘जय हो’मा नायक सलमान खानसँग काम गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्