Logo

कोरोना संक्रमित बाहिर हिँडडुल गरे जेल हालिने



Spread the love

काठमाडाैँ । सरकारले कोरोना संक्रमितलाई घर बाहिर हिँडडुल गरेको पाइए कारबाही गर्ने चेतावनी दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमले कोरोना पोजेटिभ भएका व्यक्तिहरु बाहिर हिँडडुल गरेको पाइए ६ महिनासम्म जेल सजाय हुने चेतावनी दिएका छन् ।

प्रवक्ता गाैतमले संक्रामक रोग ऐन अनुसार पोजेटिभ देखिएका व्यक्तिहरू बाहिर हिँडेमा यस्तो कारबाही गर्ने चेतावनी दिएका हुन् । मन्त्रालयले यसको अनुगमन गर्न घर परिवार र छिमेकीलाई आग्रह गरेको छ ।

गाैतमले कारबाहीबारे गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यालयलाई सूचना दिइएको पनि उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्