Logo

ढुङ्गा लागेर एक जनाको मृत्यु



Spread the love

२४ असोज, गुल्मी । गुल्मीको रिडीमा ढुङ्गाले लागेर एक जनाको मृत्यु भएको छ ।

जिल्लाको रुरु गाउँपालिका २ बेशिकाचौरका ५८ वर्षीय ज्ञानहरी ज्ञवालीलाई सडकमाथिबाट आएको ढुङ्गाले लाग्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक केदारराज पन्तले जानकारी दिनुभयो ।

दारेगौंडा स्थित सिमिजौखोला – बेशिकाचौर भित्री कच्ची सडक खण्डमा दारेगौंडा सडक माथि चर्केर अड्किएको ढुङ्गा खसेर घाइते उनको प्राथमिक स्वास्थ्य केन्द्र रिडीमा उपचारको क्रममा मृत्यु भएको हो ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्