Logo

पछिल्लो २४ घण्टामा कोरोनाबाट कति जनाको मृत्यु ?



Spread the love

२४ असोज, काठमाडौँ । पछिल्लो २४ घण्टा यता नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप १४ जनाको मृत्यु भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार मृत्यु हुनेमा १२ पुरुष र २ महिला छन्। मुत्यु हुनेमा सुनसरीका ४५ वर्षीय पुरुष, मोरङका २० र ७२ वर्षीय पुरुष, सर्लाहीका ७१ वर्षीय पुरुष, काठमाडौँकी ६८ वर्षीया महिला तथा ४८ र ९० वर्षीय पुरुष, ललितपुरका ४३ र ४९ वर्षीय पुरुष, भक्तपुरका ६८ वर्षीय पुरुष, मकवानपुरका ७७ वर्षीय पुरुष, धादिङकी ३१ वर्षीया महिला, नवलपरासीपूर्वका ३६ वर्षीय पुरुष र रुपन्देहीका ५७ वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

यससँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ६१४ पुगेको छ।

प्रतिक्रिया दिनुहोस्