Logo

किम जोङ उनले कोरोना संक्रमितलाई के भने ?



Spread the love

२४ असोज, सियोल । उत्तर कोरियाका नेता किम जोङ उनले महामारीको वेवास्था गर्दै गरिएको सैन्य परेडमा शनिवार विश्वभरका कोरोना भाइरस संक्रमितको सुस्वास्थ्यको कामना व्यक्त गरेका छन् ।

अमेरिका–उत्तर कोरियाबीचको भएका शिखर सम्मेलनका एक सदस्य अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प भर्खरै भाइरसको साथ अस्पतालमा भर्ना भई उपचारपछि निवासमा फर्किएका समय नेता किमले उत्तर कोरियाली राज्य सञ्चालित टेलिभिजनमा प्रसारण गरिएको एक मन्तव्यमा भने, “विश्वव्यापी महामारी निम्त्याएको भाइरसको समस्यासँग जुधिरहेका विश्वभरका सबैको सुस्वास्थ्यको कामना छ ।”

उत्तर कोरियाको सरकारी टेलिभिजनले सत्तारुढ मजदुर पार्टीको ७५ औं वार्षिकोत्सव मनाउन प्योङयाङमा शनिवार भएको घण्टौं लामो सैन्य परेडको प्रत्यक्ष प्रसारण गरेको हो ।

कार्यक्रमको उद्घाटनको एक प्रचार पोस्टरको चित्रसाथ खोलिएको थियो, जसमा तीन उत्तरी कोरियालीहरूले यसको हथौड़ा, हँसिया र ब्रशको प्रतीकहरू राखेका थिए । पोस्टरमा ‘हाम्रो महान पार्टीको लागि सबैभन्दा ठूलो जीत’ भन्ने नारा लेखिएको थियो ।

प्रतिक्रिया दिनुहोस्