Logo

विद्रोही नेकपा गुल्मीका सल्लाहकारको निधन,पार्टीद्वारा शोक वक्तव्य



Spread the love

२५ असोज, गुल्मी । विद्रोही नेपाल कम्युनिस्ट पार्टी गुल्मीका सल्लाहकारको निधन भएको छ। अखिल नेपाल शिक्षक संगठन गुल्मीका पूर्वअध्यक्ष समेत रहेका रोमबहादुर राहादी मगरको मंगलबार निधन भएको हो । मगरको निधन प्रति पार्टिले दु:ख व्यक्त गर्दै शोक वक्तव्य जारी गरेको छ ।

शनिबार पार्टीका जिल्ला इन्चार्ज सामनाद्वारा जारी प्रेस वक्तव्यमा सल्लाहकार दीपकको ५९ बर्षको उमेरमा भएको असायमिक निधनले सिंगो पार्टीलाई दुःखित बनाएको उल्लेख गरिएको छ ।

विज्ञप्तीमा भनिएको छ ‘महान जनयुद्धको क्रममा स्थायी शिक्षण पेशा त्यागेर क्रान्तिमा होमिनु भएका नेता दीपकले गुल्मेली कम्युनिस्ट आन्दोलन वा दलाल संसदीय व्यवस्था विरुद्धको संघर्षमा महत्वपूर्ण भूमिका पुरा गर्नु भएको छ । दुःखद् घडीमा कमरेड दीपकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उनको शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना समेत व्यक्त गरिएको छ ।’


गुल्मीको सत्यवती गाउँपालिका ठूलो लुम्पेक थुम्का स्थायी घर भएका राहादी मगर केही बर्ष अगाडीदेखि किड्नी र जण्डिसलगायत रोगबाट ग्रसित थिए । राहादी मगर जनयुद्धको क्रममा ठूलो लुम्पेकको नेरा गगनपुर निमाविमा अध्यापनकै क्रममा स्थायी शिक्षण पेशा त्यागेर भूमिगत भएका थिए ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्