Logo

बेङ्ग्लोर विजयी, चेन्नईको पाचौं हार



Spread the love

एजेन्सी। इन्डियन प्रिमियर लिग (आईपीएल)मा रोयल च्यालेन्जर्स बेङ्ग्लोरले चौथाे जित हात पारेको छ । गएराती भएको खेलमा साविक उपविजेता चेन्नई सुपर किङ्सलाई ३७ रनले हराउँदै बेङ्ग्लोरले चौथाे जित निकालेको हो ।

बेङ्ग्लोरले दिएको १ सय ७० रनको लक्ष्य पछाएको चेन्नईले निर्धारित ओभरमा ८ विकेट गुमाएर १ सय ३२ रन मात्र बनायो ।

चेन्नईका लागि अम्बाती रायाडुले सर्वाधिक ४२ रनको योगदान दिए । यस्तै नारायण जागाडिसनले ३३ रन जोड्दा शेन वाट्सनले १४ र कप्तान महेन्द्र सिंह धोनीले १० रन जाेडे ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बेङ्ग्लोरले २० ओभरमा ४ विकेट गुमाएर १ सय ६९ रन बनाएको थियो । बेङ्ग्लोरका लागि कप्तान विराट कोहलीले अविजित रहँदै ९० रनको अर्धशतकीय इनिङ्स खेले ।

बेङ्ग्लोरले ६ खेलमा ८ अंक जोडेको छ । छैठाै‌ँ स्थानको चेन्नईको यो पाँचौं हार हो । ७ खेलमा चेन्नईले ४ अंक जोडेको छ ।

प्रतिक्रिया दिनुहोस्