Logo

कोरोना संक्रमणबाट विदेशमा थप १७ जना नेपालीको मृत्यु



Spread the love

२५ असोज, काठमाडौं। विश्वव्यापी महामारी कोरोना संक्रमणबाट विदेशमा थप १७ जना नेपालीको मृत्यु भएको छ । यो हप्ता साउदी अरेबियामा १६ र युएईमा १ जना नेपालीको मृत्यु भएको गैरआवासीय नेपाली संघले जनाएको छ ।

गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका अनुसार शनिवार साँझ सम्म ४२ देशका ४० हजार ७ सय ३५ नेपाली संक्रमित भएका छन् ।

विदेशमा १८ देशका २ सय ८१ जना नेपालीको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्