Logo

नेपाली युवाहरूले बनाए बलात्कार रोक्न सकिने सिस्टम



Spread the love

२५ असोज, काठमाडाैँ । नेपालमा बढ्दो बलात्कारको घटना रोक्न नेपाली युवाहरूले एन्टी रेप सिस्टम विकास गरेका छन् । यो सिस्टम विकास गर्नेमा बुटवलको कालिका मानव ज्ञान उच्च माध्यामिक विद्यालयमा १२ कक्षामा पढ्ने चार जना विद्यार्थीहरू रहेका छन् ।

साजन पौडेल, रितेश काफ्ले, शिशिर तिमिल्सिना र निश्चल न्यौपाने सम्मिलित एक टिमले एन्टी रेप सिस्टमको विकास गरेका छन् । जसले बलात्कारको घटनामा कमी ल्याउन सक्छ । यसको नाम ‘एन्टी रेप वाच’ राखिएको छ ।

महिलाहरूले यो घडी लगाउने र आफू असुरक्षति महसुस गरेपछि यसमा भएको बटन दबाउनु पर्छ । बटन दबाउने बित्तिकै ‘म खतरामा छु, उद्धार गर्नुहोस्’ भन्ने सन्देश तयार हुन्छ ।

यसरी तयार भएको म्यासेज परीवार तथा स्थानीय अधिकारीलाई जान्छ । यो घडीले लोकेशनको लिंक समेत तयार गर्ने भएकाले कहाँ कसले असुरक्षित महसुस गरिरहेको छ भनेर सजिलै पत्ता लगाउन सकिन्छ ।

विकासकर्ता मध्ये एक साजन पाैडेलका अनुसार लोकल सर्भर सिस्टम पनि तयार पारिएको छ जसलाई पुलिस स्टेसनमा राख्ने गरी बनाइएको छ । सर्भरमा रिसिभर, एलसीडी डिस्प्ले प्यानल र एउटा बफर राखिएको छ ।

उक्त घडी रिचार्जेवल हो । त्यो घडीमा एक पटक गरिएको फुल चार्जले ८ घण्टासम्म प्रयोग गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्