Logo

धार्मिक विद्वानहरूद्वारा युद्धविरामका लागि आह्वान



Spread the love

२५ असोज, कुन्दुज । अफगानिस्तानको लडाई बढेकोप्रति उलेमा अर्थात् धार्मिक विद्वानहरूले आइतबार उत्तरी कुन्दुज प्रान्तको राजधानी कुन्दुज सहरमा आयोजित भेलामा मुलुकमा भइरहेको द्वन्द्व र दुश्मनीलाई नाजायज ठहराएको छ । समूहले तालिवानी समूहलाई युद्धविराम अवलोकन गर्न र शान्ति वार्तालाई सफल हुन सहयोग पु¥याउन आह्वान गरेको छ ।

समस्याग्रस्त कुन्दुज प्रान्तको धार्मिक परिषद्का प्रमुख मौलावी मोहम्मद अकेल सिरतल बोलाएको भेलामा कञ्जुद शहरका सयौं व्यक्तिहरूले भाग लिएका थिए ।

भेलाका सहभागीले भने, “अफगानिस्तानका जनता लडाईदेखि निराश भएका छन्, हाम्रो लामो विनाशकारी युद्ध जसले हाम्रो देशलाई ध्वस्त पारेको छ र जनताको जीवन र सम्पत्ति विनास गरेको छ । अब पनि युद्धलाई जारी राखे देशको अस्थित्व नै खतरामा पर्नेछ ।”

आफ्नो भाषणमा, मौलावीले दोहामा चलिरहेको अन्तर–अफगानी सम्वादलाई समर्थन गरे र तालिवानी समूहलाई अफगानीको इच्छाको सम्मान गर्न र हिंसा रोक्न आग्रह गरे ।

“मैले तालिवानलाई हिंसा रोक्न, युद्धविरामको समीक्षा गर्न र त्यसपछि सरकारसँगको वार्तामा आफ्ना मागहरू प्रस्तुत गर्न आग्रह गरिरहेको छु,” अकेलले सहभागी सबैसँग भने ।

ती धार्मिक विद्वानले दोहामा चलिरहेको तर कठिन अन्तर–अफगानिस्तान वार्ता र अफगानिस्तानमा बढ्दो विद्रोहबीच युद्धविरामको लागि आह्वान गरेका थिए ।

अफगानिस्तान सरकारको वार्ता टोली १२ सेप्टेम्बरदेखि दोहामा तालिवान प्रतिनिधिहरूसँग अफगानिस्तानको लामो द्वन्द्वको राजनीतिक समाधानको लागि जुटेको छ तर कुनै ठोस प्रगति भने भएको छैन ।

मुलुकमा विगत २४ घण्टामा १० सुरक्षाकर्मी, र ५० भन्दा बढी लडाकू र तीन सर्वसाधारण व्यक्ति मारिएपछि भएको उक्त भेलालाई अफगानी शान्तिका लागि महत्वपूर्ण कदमका रूपमा हेरिएको छ ।

धार्मिक नेतृत्वले तालिवानी समूहलाई देशमा द्वन्द्वको अन्त्य अर्थात् कम्तीमा हिंसालाई रोक्न आग्रह गरेको हो ।

तालिबानी संगठनले क्रिसमसमा आफ्नो सेना फिर्ता लैजाने भनी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ट्वीटलाई स्वागत गरेको छ भने अफगानिस्तानको भावी प्रणालीमा सहमति हुनु अघि युद्धविरामको प्रस्तावलाई अस्वीकार गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्