Logo

विश्वविजेता फ्रान्स र पोर्चुगल बराबरीमा रोकियो, इंग्ल्यान्डको सहज जित



Spread the love

एजेन्सी। फ्रान्सले यूईएफए नेसन्स लिगमा पोर्चुगलसँग निराशाजनक गोलरहित बराबरी खेलेको छ । आइतबारराती पेरिसमा भएको खेल गोलरहित बराबरीमा सकिएको हो।

खेलमा पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो र फ्रान्सका फरवार्ड केलियन एमबाप्पे प्राप्त अवसरमा चुकेका थिए।

पोर्चुगल ३ खेलबाट ७ अंकसहित शीर्ष स्थानमा छ। दोस्रो स्थानको फ्रान्सको पनि ७ अंक नै छ।

यहि समूहको अर्को खेलमा क्रोएसियाले स्विडेनलाई २-१ गोलले पराजित गरेको छ।

अर्को खेलमा इटालीले पनि पोल्यान्डसँग गोल रहित बराबरी खेलेको छ । तर, इटालीको लगातार १८ खेलको अपराजित यात्रा भने कायम रह्यो ।

त्यस्तै, इंग्ल्यान्डले बेल्जियमलाई २–१ ले पराजित गरेको छ । बेल्जियमले रोमेलु लुकाकुको गोलले अग्रता लिएयता इंग्ल्यान्डका तर्फबाट वेम्बलीमा मार्कस रसफोर्ड र मेसन माउन्टले गोल गरे ।

यता समूह बी-१ को खेलमा नर्वेले रोमानियालाई ४-० गोलले पराजित गरेको छ।

नर्वेको जितमा इर्लिङ हाल्यान्डले ह्याट्रिक गरे। उनले खेलको १३, ६४ र ७४ मिनेटमा ह्याट्रिक पूरा गरेका थिए। नर्वेका लागि थप एक गोल सोर्लोथले ३९ मिनेटमा गरे।

३ खेलबाट ६ अंक जोडेको नर्वे दोस्रो स्थानमा छ।

प्रतिक्रिया दिनुहोस्