Logo

पैसा र फोन स्क्रिनमा काेराेनाभाइरस २८ दिनसम्म बाँच्छ !



Spread the love

एजेन्सी। कोरोनाभाइरस पैसा, फोन स्क्रीन तथा स्टीलजस्ता सतहमा २८ दिनसम्म रहने अध्ययनकर्ताहरुले बताएका छन् । अस्ट्रेलियाको राष्ट्रिय विज्ञान निकायले गरेको अनुसन्धानमा भाइरस लामो समय जीवित रहने देखिएको हो ।

राष्ट्रिय विज्ञान निकायका प्रमुख डा ल्यारी मार्शलले सतहहरूमा भाइरस कत्तिको सक्रिय रहन्छ भनेर स्थापित गर्न सकिए संक्रमणको नियन्त्रणमा सहज हुने बताएका छन् ।

यसअघि गरिएका अध्ययनमा सार्स कोभ टु भाइरस नोट वा ग्लास सतहमा दुई देखि तीन दिनसम्म तथा प्लास्टिक तथा स्टीलमा छ दिनसम्म बाँच्न सक्ने देखिएको थियो ।

प्रतिक्रिया दिनुहोस्