Logo

आदित्यको विवाह पक्का



Spread the love

एजेन्सी । पछिल्लो समय निकै चर्चा परिचर्चा कमाउन सफल गायक  आदित्य नारायण झाको बिहे पक्का भएको छ ।

उदित नारायण झाका छोरा आदित्य नारायण र स्टार गायिका नेहा कक्कडबीच विवाहको विषय केहि महिना पहिला सोशल मिडियामा भाइरल भएको थियो ।

यसअघि आदित्यको नाम सिंगिंङ रियालिटी शो ‘इंडियन आइडल’ की जज नेहासँग जोडिएको थियो। आदित्य र नेहाको जोडीलाई सबैले रुचाएका थिए। शोमै अभिभावक बोलाएर विहे गरिदिने भन्ने नाटक पनि गरियो। तर, त्यस्तो केही भएन। अहिले इण्डियन आइडलको नयाँ सीजन सुरु हुनै लाग्दा फेरि आदित्यको विहेको चर्चा सुरु भएको छ।

नेहा कक्कडले आगामी ३० अक्टुबरमा नेहाले रोहन प्रीत सिंहसँग दिल्लीमा विहे गर्न लागेको भारतीय मिडियाले  उल्लेख गरेका छन् ।

त्यस्तै आदित्यले पनि यसै वर्ष विवाह गर्ने उल्लेख गरेका छन् । आदित्यले सोमबार सामाजिक सञ्जालमा प्रेमीका श्वेता अग्रवालसँगको फोटो सेयर गर्दै यसै वर्ष विवाह गर्ने बताएका हुन् ।

आदित्यले उनीहरूबीचको विवाह औपचारिकता पूरा गर्ने माध्यम मात्रै हुने उल्लेख गरेका छन् । उनीहरूको विवाह नोभेम्बर वा डिसेम्बरमा हुने आदित्यले बताएका छन् ।

आदित्य र श्वेता लामो समय प्रेम सम्बन्धमा रहेको बताइन्छ । २०१० मा ‘शापित’ फिल्ममा काम गर्दा उनीहरूको पहिलोपटक भेट भएको थियो । ‘शापित’ उनीहरू २ जनाको नै डेब्यु फिल्म हो ।

१० वर्षदेखिको प्रेम सम्बन्धबारे उनले कहिल्यै नलुकाएको बताएका छन् । यद्यपी कुनै समय सम्बन्धको बारेमा बोल्न बन्द गरेको पनि उनले स्वीकार गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्