Logo

बहुउपयोगी गुर्जो कति र कसरी खाने?



Spread the love

गुर्जो बहुउपयोगी जडिबुटी हो। यसको अवगुण वा शरीरलाई अन्य असर गर्ने तत्व नभएकोले यो खाँदा फाइदा हुन्छ। यसमा भएको एन्टिअक्सिडेन्ट गुणका कारण कतिपय मानिसले यो खाएपछि अलि कमजोर भएको महसुस गर्न सक्छन्। त्यस्तो भए मह मिसाएर खाँदा हुन्छ।

महामारीको रुपमा कोरोनाभाइरस फैलिनु पुर्ब गुर्जो ज्वरो आउँदा, जन्डिस हुँदा, हाडजोर्नी वा क्यान्सरको समस्या भएकाले प्रयोग गर्दथे ।

रोगसँग लड्ने प्रतिरोध क्षमता बलियो बनाउने भएकोले गुर्जो खाँदा सङ्क्रमणबाट जोगिन मद्दत पुग्ने आयुर्वेदका चिकित्सकहरू बताउँछन्।

गुर्जो नेपाली बजारमा धूलो वा डाँठका रूपमा उपलब्ध हुन्छ। धुलो खाने भए पाँचग्राम गुर्जोको पाउडर दुई गिलास पानीमा हालेर उमाल्ने अनि एक चौथाइ भएपछि दिनमा एकपटक खान सकिन्छ।

डाँठ छ गुर्जोलाई थिचेर टुक्रा बनाउने अनि पानीमा उमालेर दिनको एक कप खान सकिन्छ।

गुर्जो खाना खानुभन्दा अघि खाँदा त्यसले फाइदा गर्छ।

प्रतिक्रिया दिनुहोस्