Logo

सातै प्रदेशमा रङ्गशाला निर्माण : खेलकुद मन्त्री



Spread the love

advance college

युवा तथा खेलकुद मन्त्री दलजित श्रीपालीले सात वटै प्रदेशमा रङ्गशाला निर्माण गरिने बताएका छन्।
अखिल क्रान्तिकारी एड्भान्स ईकाई द्वारा आयोजित ‘ रिभुलोसनरी फुटबल टुनामेन्ट’ को सानो गौचरणमा उद्घाटन गर्दै खेलकुद मन्त्रीले यस्तो बताएका हुन्।

खेल क्षेत्रको विवादले खेलाडी र खेल क्षेत्रलाई प्रभावित पारेको हुँदा त्यसलाई निस्वार्थ रूपमा समाधान गर्ने उनले बताए।
खेलाडीहरुको भविष्य सुनिश्चित गर्ने, केन्द्रीय रङ्गशाला सुधार गर्ने,सानो गौचरण खेल मैदानको स्तर उन्नति गर्ने लगायतका आफ्ना योजनाहरू रहेको उनको भनाई थियो।
यस कार्यक्रममा अखिल क्रान्तिकारीका सहसंयोजक खुशीराम चौधरी,उपाध्यक्ष रन्जित तमाङ,एड्भान्स ईकाई अध्यक्ष अजय झा  लगायतको उपस्थिति रहेको थियो।
उदघाटन खेल आयोजक अखिल क्रान्तिकारी एड्भान्स ईकाई  र अखिल क्रान्तिकारी केन्द्रीय समिति बिच भएको थियो।

 

प्रतिक्रिया दिनुहोस्